• २०८१ कार्तिक १८ गते आइतवार

अब विपद्मा परेर ज्यान गुमाउनु नपरोस् : मेयर घर्ती

पढ्न लाग्ने समय : २ मिनेट

जेठ २८, जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्ती (सि.पि. घर्ती) ३ नम्बर वडामा पर्ने तल्लो थाल्लेस्थित जंगलको ५५ मिटर गहिरो खोंचमा खस्नुभयो । जाजरकोटमा यस्तै खोंचमा परेर समयमै उद्दारको अभावमा मृत्युवरण गर्नुपर्ने अवस्थाले निरन्तरता पाइरहेकै छ । तर मेयर घर्तीनै खोंचमा खसेपछि नेपाली सेना र सशस्त्र प्रहरीको उद्दार टोली तत्काल घट्नास्थल पुगेर डोरीको सहायताले मेयर घर्तीलाई बेहोसी अवस्थामा उद्दार गर्यो ।

मेयर घर्तीलाई जाजरकोट जिल्ला अस्पताल पुर्याउँदा चिकित्सक तयारी अवस्था थिए । तत्काल मेयर घर्तीको उपचार सम्भव भयो । उहाँको होस खुल्दा वरिपरि प्रहरी, सेना, चिकित्सक लगायतको टोली थियो । मेयरले आफुलाई उद्दार र उपचारमा सहयोग गर्ने सम्पूर्ण टोलीलाई धन्यवाद दिनुभयो । मेयर घर्तीको अवस्था सामान्य छ । माथिको सबै घट्ना काल्पनिक हुन् । तर, यस्ता थुप्रै वास्तविक घट्ना बाहिर आएका छैनन् । यस्ता खोंचमा परेर मात्र होइन, आगलागी, झाडापखाला लगायतका विपतबाट अकालमा ज्यान जानेको संख्या बढ्दै गएको छ । तसर्थ मेयर घर्तीले यस्ता विपद् सामना गर्नसक्ने सामर्थको परिक्षण आज आफैंले गर्नुभएको हो । घट्ना पछि मेयर खबर24नेपाल सँग कुरा गर्दै मेयर घर्तीले भन्नुभयो, ‘म मेयर हुनुभन्दा अगाडि कतिले मृत्युवरण गर्नुपर्यो, कति घाईते भए त्यसबारे म राम्रो जानकार छु । तर, अब विपद्मा परेर ज्यान गुमाउनु नपरोस्, समयमै उद्दार, राहत र उपचार होस् भनेर यस्तो प्रयास थालिएको हो ।’

मेयर घर्तीले यस्तो परिक्षणका क्रममा केही ‘ग्याप’ देख्नुभएको छ । मेयर घर्तीका अनुसार जनचेतना, ‘ईक्युपमेण्ट’ र दक्ष जनशक्तिको अभाव झन् खड्किएको छ । मेयर घर्तीले भन्नुभयो, ‘विपद् प्रतिकार्यका लागि दक्ष जनशक्ति निर्माणमा अब भेरी नगरपालिकाले लगानी गर्छ ।

प्रतिक्रिया दिनुहोस