• २०८० असोज ५ गते शुक्रवार

बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र घुस रकम सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

 जेठ २८ ,बुटवल । सशस्त्र प्रहरी बल नेपाल गुल्म नं ४१ बुटवल, रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र के सीलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसुन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी घुस ररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी जवान भेषेन्द्र के सी लाई सेवाग्राहीसँग रू दश हजार घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित नियन्त्रणमा लिएको हो ।

निज सशस्त्र प्रहरी जवान भेषेन्द्र के.सी लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (१) को कसुर गरेको स प्रमाण पुष्टि भएकोले निजलाई बिगो रू दश हजार  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय क बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइराला बताएका छन ।

प्रतिक्रिया दिनुहोस