जेठ २८ , विराटनगर । दुईवटा पेस्तोल ८ राउण्ड गोलीसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सोमबार राति विराटनगर- ९ को एक होटलबाट भारत सितामढी ग्राम पञ्चायत थान बैरगनिया-७ घर भएका २० वर्षीय कुनाल कुमारलाई पक्राउ गरेको हो ।
उनकै साथबाट कटुवा पेस्तोल थान-१, पेस्तोलमा लोड भएको गोली १ राउण्ड र उनको पाइन्टको गोजीमा ३ राउण्ड गोली भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हतियारसहित पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान गरिरहेको छ ।