• २०८१ चैत्र २ गते आइतवार

विमानका यात्रुले शाैचालय ठानेर ‘इमर्जेन्सी’ ढाेका खाेलेपछि…

पढ्न लाग्ने समय : १ मिनेट

  जेठ २८ । गएको शुक्रबार बेलायतमा यात्रु बोकेर उडान भर्न तयारी हालतमा रहेको एउटा विमानको उडान पटक पटक गरी ७ घण्टा ढिला भयो ।

यो घटना बेलायतको म्यानचेस्टरबाट पाकिस्तानको इस्लामावादका लागि उड्न लागेको पाकिस्तान इण्टरनेशनल एअरलाइन्स पीआईएको फ्लाइट नम्बर ७०२ को विमानमा भएको हो ।

विमानको उडान ७ घण्टा ढिला हुनुको पछाडि कारण भने रमाइलो छ ।

विमानमा रहेका एक यात्रुले शौचालय भन्ने ठानेर पटक पटक आकस्मिक ढोका खोलेपछि विमानको उडान पछाडि धकेलिएको हो । ती यात्रुले शौचालय ठानेर त्यही आकस्मिक ढोका किन बारम्बार खोले भन्ने चाहिँँ खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस