• २०८० असोज ७ गते आइतवार

रमेश राज भट्टराई को भ्रस्टाचार बजारमा

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८,काठमान्डौ । नेपाली गीत सङ्गीतको क्षेत्रमा छुटै पहिचान बनाउन सफल रहेका गायक रमेश रज भट्टराईको भ्रस्टाचार बोलको गीत सोमबारबाट बजारमा आएको छ ।

गीतको सब्द,सङ्गीत तथा स्वर रमेश राज भट्टराई कै रहेको छ भने केशब बाबुको एरेन्जर रहेको छ ।

मारुनी डिजिटलमा रेकोर्ड गरिएको गीतलाई सुमन राणाले रेकोर्ड गरेका हुन् भने नबिन घर्ति मगरले गितको सम्पादन गरेका छन् । रमेश राज भट्टराईको अभिनय रहेको गीतमा दुर्गा पौडेल निर्देशन रहेको गीतमा दुर्गा पौडेल नै भिडियो खिचेका छन् ।

देशमा घटेका घटना एबम नेपालको पछिल्नो चरणको अबस्थालाई समेटेर गीत तयार भएको छ । गीतमा भनिएको छ यो देश नेपालहो यो देशामा भ्रस्टाचारको बिरुद्दमा ,सरकारको बिरुद्दमा ,नेताहरुको बिरुद्दमा ,अन्यायको बिरुद्दमा,पत्रकारको बिरुद्दमा बोल्नै हुदैन भन्ने सब्दलाई समेटेर गीत बनेको छ ।

गितमा यथार्थ घटेको घटनालाई नै जोड् दिएको छ ।  गीतमा देशमा बिकास गर्ने जोडि धुर्मुश सुन्तली, समाजसेवी तथा सन्चारकर्मी रबि लामिछाने,भ्रस्ट्टचारको बिरुद्दमा आवाज उठाउने ज्ञानेन्द्र शाही,लोड्सेडेङ अन्त्यको लागी सङ्घर्ष गर्ने कुलमान घिसिङ लगायत देश बिकाशमा लाग्ने ब्याक्तीहरुलाइ समेत गीतमा समेटिएको छ ।

हेर्नुहोस् भिडियो : 

प्रतिक्रिया दिनुहोस