बैशाख २८, काठमाण्डौ । अबको तीन दिन देशभरि कै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने जल तथा मौसम पुर्व अनुमान शाखाले जनाएको छ ।
भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिन पस्चिम पहाडी भु-भागहरुमा मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी भु-भागमा मेग गर्जन सहित ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ ।
जल तथा मौसम पुर्व अनुमान शाखाले आज बैशाख २८ गते शनिबार बिहान ६ बजे जारी गरेको अब ३ दिनको मौसम पुर्व अनुमान यस प्रकार छ ।
बैशाख २८ गते शनिवार
दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।राति देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख २९ गते आईतवार
दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । राति देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख ३० गते सोमबार
दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । राति देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।