चैत २८, धादिङ । धादिङ गल्छी गाउँपालिका कोल्पुटारस्थित नुवाकोट सडकखण्डमा ट्रकले ठक्कर दिएर एकजनाको मृत्यु भएको छ ।
ना ६ ख ७६४७ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ४० वर्षका पुरुषको मृत्यु भएको हो । उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकका चालक गोविन्दलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।