• २०८२ बैशाख १७ गते बुधवार

दिवंगत स्व.दिवाकर गोल्छाको अन्त्येष्टि

पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौं । उद्योगी तथा पूर्वसांसद दिवाकर गोल्छाको उपचारका क्रममा भारतको चेन्नेइमा निधन भएपछि आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मारवाडी समुदायको रितिअनुसार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।

मृगौला सम्बन्धि रोगको उपचारको लागि भारत गएका गोल्छाको मंगलबार राति निधन भएको थियो । गोल्छाको पार्थिव शरीर भारतबाट आज दिउँसो ३ बजे काठमाडौं ल्याइ साँझ सम्म गोल्छा निवाश बुद्धनगरमा श्रद्धान्जलीको लागि राखिएको थियो । । स्व.गोल्छाका दुई छोरा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र गोल्छा अर्गनाइजेसनका निर्देशक अभिमन्यु गोल्छा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस