• २०८२ बैशाख १७ गते बुधवार

सरकारले लगायो पब्जी खेलमाथि प्रतिबन्ध

पढ्न लाग्ने समय : १ मिनेट

चैत २८ , काठमाडौं । नेपाल सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । इन्टरनेट सेवा प्रदायक र मोवाईल सेवा प्रदायकहरुलाई पब्जी ख्ल नखुल्ने बनाउन समेत निर्देशन दिईएको छ ।

पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । आजदेखि नेपालमा यो गेम डाउनलोड हुनेछैन ।

प्रतिक्रिया दिनुहोस