• २०८० असोज ११ गते बिहिवार

हिन्दुराष्ट्र र राज संस्थाको स्थापना नेपालीहरुको आम एजेण्डा हो : राप्रपा अध्यक्ष थापा

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा / बिष्णुकुमार देवकोटा

फागुन २७, दाङ । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले पुर्ण धार्मीक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र र राज संस्थाको स्थापना नेपालीहरुको आम एजेण्डा बनिसकेको बताउनुभएको छ ।

पुर्ण धार्मीक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र र राज संस्था स्थापनार्थ राष्ट्रिय प्रजातन्त्र पार्टी को मेचि महाकाली स्वाभिमान यात्रा तथा जन जागरण अभियान अन्तर्गत दाङको घोराहीमा आयोजित पत्रकार पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यस्तो बताउनुभएको हो ।राष्ट्रमा संगठित भ्रष्टाचार, विकराल वेरोजगारी समस्या र राजनैतिक बेईमानी बढेको भन्दै राप्रपाले जनजागरण तथा भण्डाफोर अभियान अन्तर्गत सरकारलाई सहि मार्गमा ल्याउने दवाव दिन राप्रपा जनता संग सडकमा आएको जिकिर गर्नुभयो ।

यस्तै अध्यक्ष थापाले नेत्र बिक्रम चन्दको समुह संग सरकारले वार्ताको माध्यमबाट शान्तिपुर्ण रुपले मूलधारमा ल्याउनुपर्ने बताउनुभयो ।
सरकारको ठूलो सफलताको रुपमा बहुप्रचारित राज्य विखण्डनवादीको को रुपमा क्रियाशिल सिके राउत संग राज्यको संप्रभुता तथा अखण्डतामा आँच आउनेगरी गरेको राजनैतिक सम्झौता राष्ट्रघात भएको बताउनुभयो ।

सिके राउत संगको सहमतिको दस्ताबेज सार्वजनिक भएपछि सरकारले जनमत संग्रह बाट मधेसको निर्णय हुने भन्नेकुरा नभएको दावी गरेता पनि सिके राउतले अलग मधेस देशको स्थापनाका लागि जनमत संग्रह गर्ने भन्ने सहमति भएको रहस्य सार्वजनिक गर्नु देशका लागि अत्यन्त घातक हुने भन्दै थापाले सरकारले राष्ट्रघात गरेको दावि गर्नुृभयो ।
पुर्व मन्त्रि दिपक बोहराले नेतृत्व गर्नुभएको राप्रपाको समुह राप्रपामा बिलय भएपछि फुटेका राप्रपका घटकहरु विच छिट्टै एकता प्रकृया अगाडि बढ्नेमा विश्वस्त हुदैं दाङबाट एकताका लागि आह्वान समेत गर्नुभयो ।
बहुसंख्यक हिन्दुराष्ट्र भएको मुलुकमा ढिलो चाँडो हिन्दुराष्ट्र सहितको राजसंस्थाको स्थापना हुने विश्वास व्यक्तगर्दै थापाले हिन्दु राष्ट्र र राज संस्थाको स्थापना जनमत संग्रहबाट नभई सहमतिका आधारमा हुने दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस