• २०८१ मङ्सिर २२ गते शनिवार

गृहमन्त्री भन्छन – ”जनमतसंग्रहबाट देश अलग गर्ने सोच सिके राउतको छैन”

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, रुपन्देही । गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक मुद्दालाई जनअभिमतबाट संविधान संशोधन र राजनीतिक अधिकारलाई पूर्णता दिन सकिन्छ भनेर स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतसँग सरकारले गरेको सहमतिलाई गलत रुपमा व्याख्या भइरहेको बताएका छन् ।

‘नेपाल अखण्ड राज्य हो, देशको अखण्डता कायम गर्न प्रतिबद्ध छौं, यो हाम्रो कर्तव्य हो भनेर स्वतन्त्र मधेश गठबन्धनले प्रतिबद्धता जनाएपछि राजनीतिक सहमति भएको हो, जनमत संग्रहबाट राष्ट्रलाई अलग पार्ने सोच सिके राउतमा पनि छैन’ बादलले भने । तर नेतृत्वले आफ्नो कार्यकर्तामा त्यस किसिमको सन्देश सम्प्रेषण गर्न बाँकी रहेकोले आइतबार जनकपुरमा सहमति विपरितको गतिविधि देखिएको दाबी गरे ।राज्यविरोधी र व्यवस्था विरोधी तत्त्व र समूहहरुको गतिविधि नियन्त्रण गर्ने र उनीहरुलाई मुलधारमा ल्याउन सरकार निरन्तर प्रयत्नशील रहेको पनि उनले बताए ।

रुपन्देहीको भैरहवामा सोमबारदेखि सुरु भएको प्रदेश नम्बर ५ स्तरीय दुई दिने सुरक्षा गोष्ठीमा १२ जिल्लाका सुरक्षा निकाय प्रमुखको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस