फाल्गुन २७,काठमाडौ । नेपाली तारा सिजन २ का बिजेता सन्तोष लामाको नँया गित चाइनाको रेल बजारमा आएको छ ।
युवापुस्ताको लोकप्रिय गाएकको रुपमा चिनाउन सफल भएका गाएक सन्तोष लामाको चाइनाको रेल आइतबार बेलुकी बाट बजारमा आएको छ ।
अनिल के सीको प्रस्तुतिमा रहेको गित चाइनाको रेलमा सन्तोष लामा र इन्दिरा जोशीको निकै समधुर आवाजमा सजिएको छ भने कृष्ण के सीको रचना तथा हरि लम्सालको संगीत रहेको छ ।
गीतको भिडियो निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको देखिन्छ । भिडियोमा कलाकार तथा संचारकर्मी सन्दिप क्षेत्री,मुस्कान रानी र क्रिस्टल क्लवज डान्स समुहको नृत्य तथा अभिनय रहेको छ । सन्दीप क्षेत्री र सन्देश जंग रानाको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी क्रिस्टल क्लवज डान्स समुहकै रहेको छ ।
साथै चाइनाको रेल गीतको कभर भिडियो प्रतियोगिता समेत आयोजना गरिएको छ भाग लिन चाहनु हुने इच्छुक कलाकारहरुले जुन ३० तारिक सम्म आफ्नो भिडियो merochannel11@gmail.com मा पठाउनु हुन समेत अनुरोध गरिएको छ ।
भिडियो निर्माण गर्ने समूह मध्ये एक उत्कृष्ट भिडियो छनौट गरि भिडियो निर्माण गर्ने समुहलाई एक लाख पुरस्कार समेत प्रदान गरिने गाएक सन्तोष लामाले बताउनु भयो ।
भिडियो हेर्नुहोस :
https://www.youtube.com/watch?v=sif3Ztoz8Io