फाल्गुन २७,रुपन्देही । रुपन्देहीको देवदहमा गोली हानी एकजनाको हत्या भएको छ । देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको गोली हानी हत्या भएको देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिनुभयो ।
मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ आउने क्रममा उनलाई नचिनेका मानिसको समूहले गोली हानेका थिए । गोली लागेर गम्भीर घाइते भएका पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेज लैजादै गर्दा बाटोमै ज्यान गएको हो ।
मृतक पुरी तरुण दलका सकृय कार्यक्रर्ता रहेको देवदह नगरपालिकाका प्रमुख हिरा केसीले जानकारी दिनुभयो । हत्यामा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।