• २०८० मङ्सिर १६ गते शनिवार

पर्यटकको मुख्य आर्कषण बन्दै तुर्माखाँदको तुल्ता

पढ्न लाग्ने समय : ३ मिनेट

पंखबहादुर शाही,दैलेख अछामको तुर्माखाँद गाउँपालिकाको तुल्ता आन्तरिक र बाह्य पर्यटकका लागि आर्कषण बन्दै गएको छ । सिलेटको छाना परम्परागतशैलीमा निर्माण घर माथितिर अग्ला डाँडा तलतिर कर्णाली नदीको तिरले पर्यटकको लागि आर्कषण बनेको हो । धेरै तोरी फल्ने हुँदा त्यस ठाउँको नाम तुल्ता रहन गएको स्थानीय बासीको भनाई छ ।

कर्णाली राजमार्गको रारा जाने पर्यटकलाई समेत तुल्ताले लोभ्याएको काठमाण्डौंका अर्जुन कार्कीले बताए । हामी रारा जानका लागि टुनिवगर पुगेका थियौं नदी पारी गुजमुज परेका घर सिलेटका छाना तलतिर कर्णाली नदीको तिरले हामीलाई लोभ्यायो । तुल्ता जानको लागि चालु आर्थिक वर्षदेखी पुल झोलुङ्गे पुल निर्माण भइरहेको छ । राजमार्गबाटै त्यस ठाउँको फोटो लियौं । जाने सपना पुरा भएन ।

कर्णाली राजमार्ग निर्माण नहुँदा त्यसभेगवाट भेडा लिएर राजापुर,चिसापानीमा जानेको लस्कर लाग्ने गरेको स्थानीयबासी जंगबहादुर शाहीले बताए । राजमार्ग सञ्चालन भएपछि भेडा आउन छोडे । तुल्ताको तोरीको उत्पादनमा कमी आएको छ । गाउँपालिका होमस्टेको सञ्चालन गरिएदिए आन्तरिक वाह्य पर्यटकका लागि यो ठाउँ महत्वपुर्ण हुने थियो ,उनले भने । । तुल्तामा सडक सम्म पुगिसकेको छ ।

दैलखको आठबीस नगरपालिकाको टुनिवगरबाट देखिएको तुर्माखाँद गाउँपालिको तुल्ता । परम्परागत शैलीमा निर्माण गरिएका घर तलतिर कर्णाली नदीको तिर माथितिर अग्ला पहाडले गर्दा अधिकाँश पर्यटकको लागि मनमोहक मानिन्छ । तस्वीर : पंखबहादुर शाही

६५ घरधुरी रहेको तुल्ताका अधिकाँश पुरुष रोजगारीको लागि भारतको कालापहाड जाने हुँदा गाउँमा महिला बाहेक पुरुष भेटिदैन् । त्यहाँका पुरुष रोजगारीका लागि बम्बै,गुजरात,मनाली सिम्ला र नैनीताल जाने गरेको रामप्रसाद माझीले बताए । गाउँमा रोजगारी छैन,सडक निर्माणमा डोजर लगाउँछन् गाउँमा बसेर के गर्ने छोराछोरी पाल्न विदेश नगएर अर्का विकल्प छैन उनले भने ।

तर कर्णाली राजमार्गमा सञ्चालनमा आएपछि जुम्ला,कालिकोट,हुम्ला डोल्पाका मानिस सँग सम्बन्ध हुन छाडेको धनसिंह माझीले बताए । पहिला यही बाटो भेडा ल्याएर कर्णालीका मान्छे आउँथे । पुराना चाल चलनको बारे कुरा हुन्थ्यो । कतिपयले त नाता गोता नै मित लगाएर जाँन्थे । कर्णाली राजमार्ग सञ्चालनमा आएबाट सबै सम्बन्ध छुटायो । न राजमार्गले हामीलाई सुविस्ता दियो,नत हाम्रो सम्बन्ध कायम राख्न दियो उनले दुखेसो पोखे । तर आठबीस नगरपालिकाको टुनिवगर र तुल्ता जोड्नको लागि कर्णाली नदीमा निर्माणधीन झोलुङ्गे पुलले त्यहाँका बासिन्दालाई आशावादी जगाएको ४५ बर्षिय नरबहादुर बयकले बताए ।

पुल निर्माण हुदै छ ,यदी पुल बनेमा स्वदेशी र विदेशी पाहुना सँग साइनो जोडिनेमा हामी आशावादी छौं ।गाउँपालिकाले त्यहाँको बस्तीमा होमस्टे सञ्चालनमा ल्याएमा युवाहरुलाई कालापहाड जानु नपर्ने दैलेख आठविस नगरपालिकाका अर्जुन शाहीले बताए । अहिले रारा जानेमा बाह्य पर्यटक भन्दा आन्तरिक पर्यटयक बढी छन् । राराको मुल द्धार भनेको राकम र तुल्ता नै हो । तलतिर कर्णाली गुजमुज र परम्परागत शैलीमा निर्माण गरिएका घरले पर्यटकको मन तानेको छ । त्यसको लागि गाउँपालिका पर्यटकलाई खाना बस्नको लागि राम्रो व्यवस्था गरिदिएमा पर्यटकको घुईचो लाग्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस