२७ माघ सिधाकुरा जनता सङगका सञ्चालक एव चर्चित पत्रकार रबि लामिछानेले आफु देशमा हुने अन्याय र अत्याचारको बिरुद्धमा उभिएको बताएका छन ।
रिपोर्टस क्लब दाङले आईतबार साझ दाङको तुलसीपुरमा योजना गरेको स्वागत तथा पत्रकारहरु सङगको साक्षात्कारमा लामिछानेले आम नागरिकको सहयोगमा मुसहर बस्ति र जुम्लामा सामुदायिक अस्पतालको अबधारणा समेत अगाडि बढाएको प्रष्ट पारेका छन ।
उनले रिपोर्टस क्लबले देशभर सामाजिक र आर्थिक र सम्बृद्दिको अभियान सञ्चालन गरेको भन्दै प्रशसा गरेका छन । रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले रिपोर्टस क्लबले देशभर सञ्चालन गरेका हरेक गतिविधि लाई सामान्य रुपमा लिन नहुने भन्दै उस्को कदमलाई उच्च मुल्यांकन गर्नुपर्नेमा जोड दिएका छन ।
उनले भनेका छन रिपोर्टस क्लबको उदय निस्चित छ “यदि कसैले रिस गरेर रोक्ने दुस्प्रयास गर्छ भने त्यो उदाउदो सुर्यलाई हत्केलाले रोक्न खोजेको जस्तै मुर्खता देखाउनु हो । उनले दाङ शाखाको क्रियाशिलताको उच्च मुल्यांकन समेत गरेका छन ।साथै कार्यक्रममा उनले आफ्नो क्रियाशिलतालाई पत्रकारिता क्षेत्रकै केही ब्यक्तिहरुले आलोचना गर्ने गरेको हुदा आफु चिन्तित बन्ने गरेको समेत दुखेसो गरेका छन ।
उनले आफ्नो टिम शसक्तरुपमा फिल्ममा उभिएको भन्दै कुनैपनि बहानामा आफुहरु पछाडी नहटने समेत जानकारी दिए ।उनले भने “पत्रकारिता क्षेत्रमा अबसर र चुनौती दुबैछन तर हामिहरु हरेक चुनौति सङग जुध्न तयार छौ ” । कार्यक्रममा तुलसिपुर नगर जेसिजका अध्यक्ष मेघराज घिमिरे ,प्रबक्ता नारायण भट्टराई ,रिपोर्टस क्लबमा उपाध्यक्ष बालाराम खड्का लगायतले सम्बोधन गरेका थिए ।
रबि लामिछाने तुलसीपुर आउने सुचना प्राप्त गरेका सर्वसाधारणहरुले रिपोर्टस क्लबको साक्षात्कारमा रबि लामिछाने सङग आफ्ना समस्यहरु राखेका थिए ।
tulsipuronline.com