• २०८१ बैशाख ७ गते शुक्रवार

कोदालो प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५  ,खोटाङ ।  रुपाकोट मझुवागढी नगरपालिका-४ डाँडाखर्क बस्ने १८ वर्षीय बिशाल भन्ने मिलन राईको छिमेकीको कोदालो प्रहारबाट बुधबार राति मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने २४ वर्षीय पवन राई समेतले कोदालोको पासो प्रहार गर्दा मिलनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र अस्थाई प्रहरी चौकी खानिडाँडाबाट खटिएको प्रहरीले अनुसन्धानको लागि पवन लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस