• २०८३ भाद्र १ गते सोमवार

लैगिङ्क हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजु र लैगिङ्क हिंसा नियन्त्रण समन्यय सञ्जाल तारकेश्वरको सम्युक्त आयोजनामा आयोजित लैगिङ्क हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम आज सम्पन्न भएको छ । लैङ्गिक हिंसा नियन्त्रण संजालका प्रमुख बिना रानाको अध्यक्षतामा प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।

समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत गरिएको कार्यक्रम काठमाडौं महानगरपालिका १६ स्थित बाईसधारा पार्कमा समापन भएको हो । कार्यक्रम महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख प्र.ना.उ. बाल नरसिंह राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय लैगिक हिंसा विरुद्ध को १६ दिने अभियान को समापन कार्यक्रममा सहभागी हुनुहुने सम्पुर्णमा लैङ्गिक हिंसा नियन्त्रण संजालका प्रमुख बिना रानाले धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस