• २०८२ बैशाख ६ गते शनिवार

रंगशालामा प्रहरीद्वारा पत्रकारमाथि कुटपिट

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २४ काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद ९साग०को समापन समारोहको दिन रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ ।

रंगशालाबाहिर टिकट मूल्य वृद्धिको विरोधमा सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको हो । पत्रकार चापागाईंलाई डीएसपी सन्तोषसिंह राठोरलगायत प्रहरीले आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा नै कुटपिट गरेको हो ।

प्रहरीले रंगशाला भित्र नै पत्रकार चापागाईंलाई कुटपिट गरेका थिए । उनको कानबाट समेत रगत आएपछि उपचारका लागि अस्पताल लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार पुलिसले सर्वसाधारणमाथि अत्याधिक दमन गरेपछि पत्रकार चापागाईंले रिपोर्टिङ गर्दा उनलाई अपशब्द बोल्दै आक्रमण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस