• २०८१ मङ्सिर २३ गते आइतवार

कानूनी र संरचनात्मक व्यवस्था संशोधन गरी द्वन्द्वपीडितलाई न्यायको अनुभूति गराउँछौं : प्रधानमन्त्री

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २४  काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनी तथा संरचनात्मक व्यवस्थामा आवश्यक संशोधन गरि द्वन्द्वपीडितलाई न्यायको अनुभूति गराउने बताएका छन ।

आज ७१ औं विश्व मानव अधिकार दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मानव अधिकार र संक्रमणकालीन न्यायप्रति सरकार प्रतिवद्ध रहेको र पीडितलाई न्यायको अनुभूति गराइने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘मानव अधिकार हाम्रो प्रतिवद्धताको मात्र विषय होइन, हाम्रो आस्था र निष्ठाको विषय हो। यस अवसरमा म सहजताका साथ यति भन्न सक्छु( राजनीतिक जीवन सुरु गरेदेखि अहिलेसम्म मैले बोकेका, अपनाएका र पक्षपोषण गरेका, पृष्ठपोषण गरेका मान्यताहरु संयुक्त राष्ट्र संघको वडापत्रमा आधारित छन्। र, म ती लक्ष्यहरु प्राप्त गर्न क्रियाशील छु, रहनेछु,’

१० डिसेम्बर १९४८ का दिन संयुक्त राष्ट्र संघको महासभाले मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो। सोही दिनको  सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस