• २०८२ बैशाख २९ गते सोमवार

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २४ रुपन्देही । रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सोमबार राति सियारी गाउँपालिका-७ भर्तापुरमा लु २ ख १७२८ नम्बरको खाली टिपर दुर्घटना हुँदा रुपन्देहीको शुद्धोधन गाउँपालिका-३ बेतेनीका ३० वर्षीय राज कुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय छपियाले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस