• २०८२ जेष्ठ ४ गते शनिवार

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह(क्राइमबिट)

कात्तिक २४, बाँके। बाँकेको कोहलपुर जंगलमा पाटेबाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १३ नयाँबस्तीकी ६५ बर्षिया काली बस्नेतको बाघको आक्रमणमा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी शिव सिंहका अनुसार आइतवार अपरान्ह ४ बजे तिर बाँके राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ भन्ने स्थानमा दाउरा लिन गएकी महिला बस्नेतलाई बाघले आक्रमण गरेको थियो । दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा बाघको आक्रमण परेर मृत भेटिएको कोहलपुर १३ नयाँबस्तीका स्थानीयबासी निरकबहादुर शाहीले बताए । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ । यस अघि २०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा चार जनाको मृत्यु भइसकेको छ । बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन् ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको बताइन्छ । निकुञ्जमा बाघको संख्या बढेपछि मानव वन्यजन्तु द्वन्द्व बढ्न थालेकाले स्थानीयबासीहरुले बताउछ्न ।

प्रतिक्रिया दिनुहोस