• २०८२ जेष्ठ ३ गते शुक्रवार

सीतापाइलास्थित एक घरबाट पाँच लाखभन्दा बढीको धनमाल चोरी

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २४, काठमाण्डौं । काठमाडौं उपत्यकाभित्र चोरीका घटना बढ्न थालेका छन् । दैनिकजसो राजधानीमा चोरहरुले मौका छोपेर चोरी गर्दै आएका छन् ।

यसैक्रममा शनिबार राति नागार्जुन नगरपालिका–४, सीतापाइलाथिस्त एक घरमा पाँच लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुका डीएसपी लालध्वज सुवेदीका अनुसार नागार्जुन–४ स्थित कुमारी मन्दिर नजिकै गोविन्द केसीको घरमा चोरी भएको हो ।

राति १ बजेतिर चोरले दुईवटा आइफोन, एउटा ल्यापटप लगायतको सामान चोरी गरेको डीएसपी सुवेदीले जानकारी दिए ।

आइतबार बिहान प्रहरीले चोरी भएको घरमा पुगेर अनुसन्धान थालेको छ । चोरहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस