कात्तिक २४, पश्चिम रुकुम । जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का घुस रकमसहित नियन्त्रणमा परेका छन ।
जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्काले अदालतबाट फैसला भईसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक पटक मोलमोलाई गरी रु.६०,०००।–(साठी हजार) बाट घुस रकम बार्गेनिङ गरी अन्तिममा रु.१५,०००।–९पन्ध्र हजार० नदिईकन कागजपत्र नदिने भनी सेवाग्राहीलाई दुख दिइरहेका थिए ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार यसै उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट रु.१५,०००। घुस वापतको रकम माग गरिरहेको अवस्थामा रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं.१ खलंगा स्थित, राप्ती होटल एण्ड लज अगाडि जिल्ला प्रहरी कार्यालय जाने बाटोबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।