• २०८१ जेष्ठ १३ गते आइतवार

दशैमा बाँके जिल्लामा मापसे शन्यू देखियो चेकजाँच कडाई

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

असोज २३, बाँके । नेपालगन्ज जिल्लामा दशै पर्वलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मापसे चेकजाँचलाई तिब्रता पारेको छ ।

बाटोमा अत्यधिक मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका सवारी साधानहरुलाई कडाइको साथमा चेकजाँच गरेर नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बमले जानकारी दिएका छन् । त्यसैगरी बाँके जिल्ला भरीबाट यस पालीको दशैमा मापसे शन्यूमा घटेको छ गत बर्षको तुलना भन्दा यस बर्षको दशैमा कम तथ्यांक छ । यसै गरि जम्मा दुर्घटना ३ वटा घाइते ७ जना रहेको बाँके जिल्ला ट्राफिक प्रमुख बमले जानकारी दिनुभएको छ । साथै अब देखि मापसे गर्नेहरुलाई तत्काल केही दिन भित्र ट्राफिक नियम सम्बन्धि कलाश अभिलेख राख्ने लाइसेन्स रद्ध गर्ने सार्वजनिक यातायात सवारी साधनमा मापसे गरेर चलाउनेलाई सार्वजनिक मुद्दा र हिरासतमा राख्ने कार्वाही सुरु गर्ने तयारीमा रहेको छ ।

अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा चाडपर्वलाई मर्यादित बनाउने ट्राफिक र प्रहरीको बिशेष अभियान अन्तरगत भएको विशेष मापसे चेकजाँच र निगरानी गर्ने क्रममा बाँके जिल्लाको विभिन्न ठाउँबाट सवारी साधनहरुलाई कडाइको साथमा निगरानी गरेको बाँके ट्राफिक प्रमुख बमले बताए ।

प्रतिक्रिया दिनुहोस