• २०८२ बैशाख ६ गते शनिवार

पाँचथरबाट छुरा प्रहार गरी हत्या गरेको अभियोगमा १ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असोज २४, पाँचथर । याङवरक गाउँपालिका-६ खाल्ले बस्ने ४० वर्षीय अर्जुन माबोलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका बस्ने १९ वर्षीय आईतराज योङहाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

एक आपसमा बादबिवाद हुँदा आईतराजले अर्जुन माबोलाई छुरा प्रहार गरी हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथर र प्रहरी चौकी नागीथर्पु पाँचथरबाट खटिएको प्रहरीले याङवरक गाउँपालिका धमिले भन्ने स्थानबाट उनलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस