• २०८१ फाल्गुन ७ गते बुधवार

नेपाली कांग्रेस वाहेक अरु कसैले देशको विकास गर्न सक्दैन ःकार्की

पढ्न लाग्ने समय : २ मिनेट

भदौ २४ दैलेख ,।नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधिको रुपमा दैलेखको दुल्लु पुगेका सनत कुमार कार्कीले नेपाली कांग्रेस वाहेक अरु कसैले पनि देशको विकास गर्न नसक्ने बताएका छन । कार्कीले १०६ औ बिपी जयन्ती एवम नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानको पहिलो दिन नेपाली कांग्रेस दैलेख क्षेत्र नं.२ अन्तर्गत दुल्लुमा गरिएको कार्यक्रममा यस्तो बताएका हुन ।
कार्कीले अबको परिस्थितिमा नेपाली कांग्रेस एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताए । कार्यक्रममा क्षेत्रीय सभापति घनश्याम भण्डारीले पार्टिको विपरीत क्रियाकलाप गर्ने जो कोहिलाई पनि कार्वाही गरिने बताए । अनुशासन विपरीत काम नगर्न भण्डारीले कार्यकर्तालाइ आग्रह गरेका छन । कार्यक्रम निर्वाचन क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र(क) प्रदेशका सभापती लिलाराम लम्सालले देश परिर्वतन गर्नको लागि कांग्रस गाउँगाउँबाट जाग्नुपर्ने बताए ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि मधुर विक्रम खनाल , जिल्ला कार्य समिति सदस्य भक्ति प्रसाद उपाध्याय , महाधिवेसन प्रतिनिधि सुमित्रा शाही , दलित प्रतिनिधि खड्क नेपाली र नयाराम थापाले कार्यक्रममा शुभकामना सहति आआफ्ना धारण राखेका थिए ।
कार्यक्रममा दुल्लु नगर कार्यसमितिका सभापति टंक रिमालले दैलेख जिल्लामा कांग्रसले बलियो पकेट बनाइनुपर्ने बताए । दैलेख जिल्ला निर्वाचन क्षेत्र नं.२ को क प्रदेश नर्वाचन क्षेत्रीय कार्यसमितिको आयोजनामा भएको कार्यक्रमको अवसरमा वालेश्वर पार्कमा भएका बिरुवाहरुको गोडमेल गरिएको छ । पाटीमा गुट उपगुट नभनेर पाटिको लक्ष अनुसारको कार्यक्रमको सुरुवात गर्नमा सरोकारवालाले जोड दिएका छन् ।
यस्तै मंगलबार बसेको बैठकले यही भाद्र २६ गते दुल्लु नगरपालिका वडा नं. ११,१२र १३ को बँैकमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रमको आयोजना गरेको छ । यस्तै भाद्र २७ गते वडा नं. ५,६ र १० को छिउडि,भाद्र २९ गते वडा नं. १,२,३र ४ को शान्तिवजार , भाद्र ३० गते वडा नं. ७,८र ९ को वालेश्वरमा कार्यक्रमको आयोजना गरेको छ ।
यसैगरी भाद्र ३१ गते भैरवी गाउँपालिका वडा नं. ३,४र ५ को डाडिमाडि बजारमा कायर्यक्रमको आयोजना गरेको छ । यस्तै असोज १ गते वडा नं. ६र ७ को भाटिचौरमा र असोज २ गते वडा नं. १ र २ को रावतकोटमा दोस्रो चरणको रास्ट्रय जागरण अभियानको कार्यक्रमको आयोजना गरेको छ । यसै गरि असोज ७ गते दैलेख सदरमुकाममा आयोजना हुने सरकारका गतिविधिको विरोध ¥यालीमा सहभागी हुन निर्वाचन क्षेत्र नं. २ को क प्रदेशका नेपाली कांग्रेसमा आवद्ध तथा आस्तावान व्यक्तित्वलाई आग्रहसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस