• २०८१ माघ २६ गते शनिवार

रसुवामा दुई बालिका बलात्कृत

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २४, रसुवा । रसुवामा आइतबार दिउँसो ११ वर्षीया र ६ वर्षीया दुई बालिका बलात्कृत भएका छन् ।

उनीहरूको ठेगाना भने प्रहरीले गोप्य राखेको छ । बलात्कारको आरोपमा प्रहरीले रोल्पाको त्रिवेणी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष सुनारलाई पक्राउ गरेको छ । उनले दुवै बालिकालाई फकाएर जंगलमा लगेर बलात्कार गरेको डिएसपी भागेन्द्रपुरुष ढकालले बताए । सुनारलाई सोमबार जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरी जबर्जस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको उनले बताए ।

दुवै बालिकालाई प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा ल्याई काउन्सिलिङ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस