भदौ २४ कैलाली । कैलालीमा नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थानीय नेता गौरी प्रसाद जोशी को स्कारपियोमा अज्ञात समूहले गएराति आगजनी गरेको छ ।घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा आफ्नै घर आगाडि पार्किङ गरी राखेको बा ९ च ६५९७ नम्बरको स्कारपियोमा आगजनी भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले गएराति करिब १२ बजेको समयमा अज्ञात समुहले जोशीको घर अगाडि पार्किङ गरी राखेको स्कारपियोमा अज्ञात समूहले आगजनी गरेको जानकारी दिनूभयो ।।आगजनीवाट स्कारपियोको अगाडीको भाग जलेर क्षति भएको बस्नेतले जानकारी दिए ।
स्कारपियो आगजनी भएको स्थानमा कुनै पनि संगठनको पर्चा, पम्पलेट केही पनि नभेटिएको र अहिलेसम्म घटनाको कसैले जिम्मेवारी नलिएका कारण व्यक्तिगत रिसिबीका कारण स्कारपियोमा आगजनी गरिएको हुन सक्ने बस्नेतले बताए ।