• २०८१ मङ्सिर २३ गते आइतवार

पेट्रोलियम पर्दाथमा दुई रुपैयाँ घट्यो

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४ काठमाडौं । पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलको जानकारी अनूशार पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको छ ।

नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।निगमका कार्यकारी प्रमुख पौडेल भनाइनूशार समायोजन भएको नयाँ मूल्य आज दिउँसो १२ बजेबाट लागू हुने भएको छ ।नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन केही बेरमा उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस