भाद्र , २४ काठमाडौँ।आज मध्यान्ह नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रिमोट थिचेर दक्षिण एशियाकै पहिलो अन्तर देशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुहुने भएको छ ।
भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट रिमोट मार्फत ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम छ ।नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबाद हाउसबाट ‘भिडियो कन्फ्ररेन्स’ मार्फत एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन गर्नुहुने जनाइएको छ ।
पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने र यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ । परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौँ ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च कटौती हुनेछ ।