• २०८१ माघ ८ गते मङ्गलवार

नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

 साउन २५, काठमाडौं । नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ परेका छन् ।

इटहरीको हलगढामा रहेको सेनाको पूर्वी पृतना छेऊबाट सिंहलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले उनलाई शनिबार पक्राउ गरेको थियो ।

प्रहरी स्रोतका अनुसार उनको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ। इटहरीका डीएसपी समिरचन्द्र खरेलले सिंहलाई पक्राउ गरिएको पुष्टि गरे पनि उनी सैनिक अधिकृत हुन्/होइनन् भन्नेबारे छानविन  भइरहेको  बताए ।

सैनिक स्रोतले मेजर सिंह साँझ ६ बजे पृतनाबाट बाहिर निस्किएको पुष्टि गरेको छ । स्रोतले भन्यो- ‘उहाँलाई पृतना बाहिर सर्पदंश केन्द्र छेउबाट प्रहरीले लगेको सूचना आएको छ ।’घटनाबारे जानकारी प्राप्त भएलगत्तै सैनिक प्रहरीको टोली नेपाल प्रहरीसँग समन्वयका लागि निस्किएको स्रोतले बतायो ।

प्रहरीले पनि अनुसन्धान जारी राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस