• २०८२ बैशाख १६ गते मङ्गलवार

सब ईन्जिनियर घुस रकम सहित रङ्गेहात पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, धनुषा । नगराईन नगरपालिका, धनुषाका सव-इन्जिनियर उमेश मण्डल घुस रकम सहित रङ्गेहात पक्राउ परेका छन ।

नगराईन नगरपालिका, धनुषाका सव-इन्जिनियर उमेश मण्डलले सम्पन्न योजनाहरूको कार्य सम्पन्न प्रतिवेदन तयार गरी रकम भुक्तानी लिन सहज गराई दिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास, महोत्तरीबाट खटिई गएको टोलीले निज -इन्जिनियर उमेश मण्डललाई सेवाग्राहीसँग रू.५५,०००।– (पचपन्न हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उक्त घुस रकम सहित उनलाई जनकपुर उप-महानगरपालिका वडा नं. ६ अस्पताल रोड स्थित अञ्चल अस्पताल, जनकपुर नजिकको रेडक्रस भवनको पश्चिम-दक्षिण र बाह्रबिघा चौरको पूर्व-दक्षिणबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस