साउन २५, काठमाडौं । काठमाडौं महानगरपालिका-१९ ईनाटोल बस्ने अन्दाजी ३६ वर्षीय जंगे भनेर परिचित पुरुषको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही महानगरपालिका ईनाटोल बस्ने उदयपुर कटारी नगरपालिका घर भएका २४ वर्षीय मुत्रे भन्ने विनोद खड्कालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१९ ईनाटोलमा शुक्रबार बिहान जंगे भनेर परिचित पुरुषको शव फेला परेको घटनामा अनुसन्धान गर्ने क्रममा मृतक र खड्का संगसंगै ईनाटोलको पाटीमा बस्दै आएकोमा उनीहरूवीच सामान्य विवाद हुँदा खड्काले जंगेलाई इँटा तथा ढुंगाले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।