साउन २५, काठमाडौं । म्हेपि टोल सुधार समिति र म्हेपि मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको सयुक्त रुपमा मन्दिर परिसरमा रेटेनिङ वाल लगायत निर्माण कार्यको सार्वजनिकरण तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ७ प्रदेश (ख)का सांसद वसन्त मानन्धरको पहलमा कामपाको व्यवस्थापन तथा म्हेपि टोल सुधार समितिको सक्रियतामा, सीसी क्यामेरा जड़ान, सार्वजनिक सौचालय निर्माण र मन्दिर परिसरमा रेटेनिङ वाल लगायत निर्माण कार्यको सार्वजनिकरण तथा चियापान कार्यक्रममा भएको हो । कार्यक्रमका प्रमुख अतिथि कामपा मेयर बिद्यासुन्दर शाक्यले सीसी क्यामेराको सुभारम्भ उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सांसद वसन्त मानन्धरले महनगरिय प्रहरी वृत लैनचौरका प्रहरी प्रमुखलाई सीसी क्यामेरा संचालनको अधिकार पत्र हस्तान्तरण गर्नुभएको थियो ।