साउन २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौं जिल्लाका विभिन्न १० नगरपालिकाको एकता प्रक्रिया टुंगिएको छ । नेकपा काठमाडौंको दोश्रो पुर्ण बैठकले काठमाडौं जिल्लाका १० नगरपालिकाहरु मध्ये ६ नगरपालिका पूर्व एमाले र ४ नगरपालिका पूर्व माओवादीले पाउने गरि निर्णय गरेका हुन् ।
पूर्व माओवादीले बुढालिनकण्ठ, शंखरापुर, दक्षिणकाली र टोखा नगरपालिकाको नेतृत्व पाउने भएको छ भने, कागेश्वर मनोहरा, गोकर्णेश्वर, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी र किर्तिपुर नगरपालिका पूर्व एमालेले नेतृत्व पाउने भएको हो ।
को को भए नेकपाको नगरकमिटी अध्यक्ष र सचिव
कागेश्व मनोहरा नगरपालिका
अध्यक्षः ज्योतिराम फुयाल
सचिवः भोला चापागाई
तारकेश्वर नगरपालिका
अध्यक्षः लब बस्नेत
सचिवः रामकुमार थापा
किर्तिपुर नगरपालिका
अध्यक्षः विकास महर्जन
सचिवः दिल बहादुर महर्जन
गोकर्णेश्वर नगरपालिका
अध्यक्षः उद्धव विष्ट
सचिवः मन बहादुर तामाङ
चन्द्रागिरी नगरपालिका
अध्यक्षः राजु श्रेष्ठ
सचिवः देवकृष्ण महर्जन
नागार्जुन नगरपालिका
अध्यक्षः नन्दनहरी गौतम
सचिवः युवराज भण्डारी
बुढानिलकण्ठ नगरपालिका
अध्यक्षः रविन अधिकारी
सचिवः प्रदीप डंगोल
शंखरापुर नगरपालिका
अध्यक्षः मधु केसी
सचिवः राम कुमार तिवारी
दक्षिणकाली नगरपालिका
अध्यक्षः रामकृष्ण बस्नेत
सचिवः राम ल्हो
टोखा नगरपालिका
अध्यक्षः दिपक बानियाँ
सचिवः सत्य नारायण डंगोल