• २०८१ माघ ८ गते मङ्गलवार

चामुण्डाविन्द्रासैनीले गर्‍यो बजेट सार्वजनिक

पढ्न लाग्ने समय : २ मिनेट

असार २५ ,दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले सरकारद्धारा तोकिएको मिति तथा समयभन्दा करिब २ हप्ता पछि बजेट सार्वजनिक गरेको छ । गत असार १० गते देशै भरिको स्थानीयतहले नीति तथा बजेट सार्वजनिक गरीसक्नुपर्ने प्रावधान रहेता पनि नगरपालिकाले नीति १० गते नै सार्र्वजनिक गरेको थियो, भने बजेटमा अल्झिएको थियो । कुन योजनामा कति बजेट छुट्याउँने भन्ने बिषयमा ढिलाई भएको नगरले जनाएको थियो । बुधबार आर्थिक वर्ष २०७६÷०७७ को बजेट पाँचौ नगरसभाको दोश्रो वैठकमा पास गरेको छ ।
नगरउप–प्रमुख तारा शाही(खत्रि)ले बजेटमा शिक्षा ,विद्युत शहरी विकास तथा खानेपानीलाई धेरै प्राथमिक्ता दिएको बताईन । नगरपालिकामा खाद्यन्न संस्थान शाखा स्थापनाका लागि १५ लाख बजेट विनियोजित गरेको छ । यस्तै बजेटमा आगामी आर्थिक वर्ष सहरी विकास तर्फ २ करोड ५६ लाख ५० हजार बजेट विनियोजन गरेको उप–प्रमुख शाहीले प्रस्तुत गरेको बजेट भाषणमा उल्लेख गरिएको छ ।


सामाजिक विकास तर्फ २ करोड ९ लाख ५०, विद्युत तर्फ १ करोड ,खानेपानी तर्फ कर्णाली लिफ्टिङ र मजुवा खानेपानीका लागि ६० लाख, पर्यटन तर्फ ५५ लाख, कृषि तथा पशुपंक्षि तर्फ ३० लाख बजेट छुट्याईएको शाहीले बताईन । लैगिंक समता तथा सामाजिक समावेशीकरण तर्फ ३० लाख बजेट विनियोजत गरिएको छ ।
यसैगरी सडकलाई हरियाली तथा जैविक मैत्री बनाउने उद्देश्यका साथ साङ्गेतडा–पाल्त सडक १००८ वरपिपल रोप्न बजेट विनियोजित गरिएको जनाईएको छ । जसका लागि २ लाख बजेट विनियाजित गरिएको उपप्रमुख खत्रीले बताईन् । यसैगरी आर्थिक अवस्था कमजोर भएका उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययन गर्नबाट वञ्चित भएका बालबालिकालाई नगर प्रमुख अक्षयकोष स्थापना गरिने ,असिना पिडितलाई राहत दिनका लागि खाद्यन्न संस्थान स्थापनाका लागि बजेट विनियोजन गरिएको नगरप्रमुख सुर्यबहादुर शाहीले जानकारी दिए । खाद्यन्न संस्थानको शाखा स्थापना भएपछि नगरबासीले सहुलितमा खाद्यन्न सामाग्री खरिद गर्न पाउने छन , शाहीले भने । यसैबीच चामुण्डाविन्द्रासैनी नगरपालिका विनियोजित ऐन पास भएको छ । दैलेखका अझै केहि स्थानीयतहहरुले बजेट सार्वजनिक गर्न सकिरहेका छैनन ।

प्रतिक्रिया दिनुहोस