• २०८१ असोज २६ गते शनिवार

सेवा सुविधा कटौती गर्न खोज्ने सांसदप्रति जिज्ञासा

पढ्न लाग्ने समय : ३ मिनेट

भ्रष्टाचारी, दुराचारी, स्वार्थी, अवकाशप्राप्त कर्मचारीवाहेक वीस, तीस वर्ष आफ्नो घर परिवार, समाजबाट टाढा रहेर राष्ट्काखातिर सेवा प्रदान गरी बुढेसकालको एक मात्र सहारा पेन्सन लिएर लुरुलुरु आफ्नो जन्मघर फर्किदाको खुशी एकातिर छँदैछ तर अर्कोतिर भने यसरी राज्यले दिएको एक महिनाको तलव वरावरको दशै खर्च कटौती गर्न सांसदहरुले राखेको प्रस्वावप्रति खेद प्रकट गर्दै केहि जिज्ञासा राख्दैछु ।

सांसदज्यूहरु लामो समयदेखि नेपाली समाजमा क्यान्सरकोरुपमा देखा पर्दै आइरहेको यो भ्रष्टाचारको रोग देसको लागि ज्यादै नै घातकसिद्ध हुँदै गइरहेको वर्तमान परिप्रेक्यक्षमा राज्यको हरेक तह र तप्कामा विचौलिया, केहि राजनैतिक नेता, कार्यकर्ता, कर्मचारी स्वयम, ठेकेदार आदिले गाँजेर सर्वसाधारण जनताको गास, वास, कपास, शिक्षा, स्वास्थय र रोजगारीको वातावरणलाई नै खल्वल्याइरहेका छन् तर जनताका प्रतिनिधिकोरुपमा जनताद्धारा चुनिएर गएदेखि संसदमा तपाइहरु खाली शब्दजालहरु केलाएर, जे मन लागेको छ विभिन्न किसिमका अपशब्दहरु प्रयोग गरी आफ्नो मनलाग्दी पाराले सत्ता र भत्ताको मोजमस्तीमा दिनहरु विताइरहनुभएको छ ।

कहिँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तो संसार हँसाइरहनुभएको छ तर सवै पार्टीका सांसदहरु मिलेर कहिल्यै यी भ्रष्टाचारी र भू माफियाहरुलाई पत्ता लगाई कारवाहीको प्रकृया अगाडि वढाउने प्रयत्न गनु भएको छ ? अनि तपाईहरु आपैmले जनतालाई हरेक कुराहरुमा करको दायरामा ल्याउनुहुन्छ तर जनताको दैनन्दिनी कसरी वितिराखेको छ त्यसमा तपाईहरुलाई कुनै आपत्ति छैन, अनि विकासका नाउँमा करोडौ रुपैयाको माग तपाइहरु आपैm राख्दैहुनुहुन्छ तर गरीव किसानहरुको नाउँमा खर्चिने भन्दै वर्षैादेखि राज्यले दिएको अलि अलि सेवा सुविधा पनि कटौती गर्न खोज्दैहुनुहुन्छ के तपाइहरुलाई अलिकति पनि लाज र सरम लाग्दैन ?

यसको सट्टामा सक्नुहुन्छ भने वरु राज्यको हरेक प्रशासनिक क्षेत्रलगाएत जमिन, जंगल, जल, जडिबुटी र जनावरहरुको नाउँमा चलखेल गर्ने र सात पुस्ताका चिन्ता गर्ने विचौलियाहरु र भ्रष्टाचारीहरुलाई सर्वश्वसहित जन्म कैदको सजाए दिलाएर त्यसबाट आएको रकम राज्यमा दाखिला गरी प्रत्यक्षरुपमा गाउँघरका किसानहरुलाई मल र विउको व्यबस्था समयमा नै गर्ने व्यबस्था गरिदिनुहोस् त तव न तपाइहरुको हैसियत जनताले बुभ्mछन् र आगामी चुनावमा हामी सर्व साधारण जनताहरु भोटबैककोरुपमा प्रयोग हुन सकौंला यसैमा तपाईहरुको भलाई छ अन्यथा फेरि पनि जिज्ञासा राख्न मनलाग्यो के मेडिकल माफिया,जहाज खरिद काण्डका नाइकेहरु, यातायातमा एकलौटी राज्य गरिराखेका डनहरु, मालपोत, भन्सार, नापी, शिक्षा, स्वास्थ्य, कृषि तथा वन पैदावर, मालपोतमा वस्ने एक साधारण कर्मचारीले हत्याएको असिम जमिनहरु, गुठीको नाउँमा भएका चलखेलहरु, भारतले मिचेको सिमानाको जमीन र त्यहाँका नेपालीहरुको जीवनयापनवारेमा यथार्थ सत्य तथ्य वुझेर छानविन गरी सत्यताको धरातल पत्ता लगाउने हिम्मत गर्न सक्नुहुन्छ ?

यदि सक्नुहुन्छ भने यहि नै भलाइको वाटोतिर लाग्नुहोस् अन्यथा राज्यले कयौ वर्षदेखि दिँदै आएको सेवा सुविधा कटौति गर्ने मनसायले छोरीको गास काटी कसलाई छोरालाई भनेजस्तो गर्ने हो भने आगामी चुनावी रणमैदानमा जाने वाटो अवरुद्ध नगर्नुहोस् यसैमा तपाइहरुको भलाई छ ।
खिमराज गिरी 
मध्यनेपाल नगरपालीका २, लमजुङ्ग, 
हाल काठमाण्डौ
९८५११९२०८८

प्रतिक्रिया दिनुहोस