असार २५, ओखलढुंगा । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् ।
दुर्घटनामा परि मृत्यु हुनेहरुमा बसका चलक पथरीया २ झापाका ४२ बर्षिय कृष्ण बहादुर बस्नेत,सोलु दुधकुण्ड नगरपालिका ५ का ५२ बर्षिय माया थापा र सिन्धुलीको कमलामाई नगरपालिका १४ का ३० बर्षिय लाल बहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिए ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । काँकरभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका गम्भीर घाइते तीन जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ पठाईएको छ भने अन्यको उदयपुरको घुर्मीस्थित आस्था र जनसेवा मेडिकलहलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनाको थप बिबरण आउन बाँकी छ ।