असार २५, सप्तरी । जनकपुर– सप्तरीमा १४ वर्षीया एक बालिकाको बलात्कार भएको छ । गत बुधबार मदिरा खुवाएर बलात्कार गरिएको घटना सार्वजनिक भएको हो । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ वभनगामाकट्टी स्थित लक्ष्मीवल्लभ नर्सिङ माविको निर्माणाधीन भवनमा मजदुरी गर्ने बालिकाको बलात्कार भएको स्थानीयले बताए । हालसम्म प्रहरीमा भने उजुरी नपुगेपनी अनुसन्धान भने गरिरहेको प्रहरीले जनाएको छ ।
विद्यालयका कार्यालय सहयोगी शिवशङ्कर मण्डल र एक मजदुर घटनामा संलग्न भएको जनाइएको छ । हाल उनीहरू दुवै फरार छन् । यता प्रहरीले उनीहरूको खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक भावेश रावलले जानकारी दिए ।
घटनाको विषयमा जानकारी आए पनि बालिकाकोतर्फबाट उजुरी नआएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए । बलात्कार वा बलात्कार उद्योग भन्ने विषय उजुरीपछि अनुसन्धान हुने उनले बताए ।
सोधपुछका लागि एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।