चितवन २७ जेठ । चितवनको रामपुरमा बन्दै गरेको रंगशालाको जस्तापाताको बार भत्काएको अभियोगमा पक्राउ परेर रिहा भएका मुख्य आरोपी प्रकाश कडेंल पहिलो पटक मिडियामा आएका छन् । आइतबार राती रिहा भएका उनले सके कारवाही गरेर देखाउन पनि चुनौति दिएका छन् ।
कडेंलले डोजर लगाएर बार भत्काउने कार्यप्रति आत्मालोचना गर्दै क्षमायाचना समेत गरेका छन् ।कडेंलसहित प्रहरी हिरासतमा रहेका भैरव बास्ताकोटी, सुरेन्द्र बि।क। र धुव्र चापागाई पनि रिहा भएका छन् । मुख्य आरोपी कडेंलले भरतपुर महानगरपालिका, धुर्मुस सुन्तली फाउण्डेशन र स्थानीयको कमिकमजोरीका कारण दुःखद घटना भएको उल्लेख गरे ।
‘हामी त्यस घटनाप्रति दुःख व्यक्त गर्दछौं, आगामी दिनमा बाटोको विवाद पनि समाधान गर्दै रंगशाला निर्माणमा सबै लाग्नुहुनेछ भन्नेमा विश्वस्त छौं’, उनले भने ।घटनापछि कडेंललाई उनको पार्टी नेकपाले निलम्बन गरेको थियो । तर, उनले आफूलाई पार्टीबाट नहटाइएको दाबी गरे । ‘निलम्बन भएको निष्काषन होइन, दोषी ठहर गरि पार्टीले कारवाही गरे भोग्न तयार छौं’, उनले भने ।
आफू कमिसनखोरी नभएको भन्दै उनले मिडियाले दुष्प्रचार गरेको आरोप लगाएका छन् । ‘तपाईं त गृहमन्त्री बादलको मान्छे भन्छन्, माथिकै पावरले छुट्नु भएको हो रु भन्ने प्रश्नमा उनले भने, ‘हेर्नुस् यो सामाजिक विषय हो, यसलाई राजनीतिकरण नगरौं ।’ हेर्नुस् भिडियो