• २०८० असोज ११ गते बिहिवार

पाँच दिन देखि तालाबन्दी बुढीनन्दा नगरपालिकाको कार्यालयमा

पढ्न लाग्ने समय : ३ मिनेट
  • धर्म राज सुनार

जेष्ठ २७,बाजुरा । नगर कार्यपालिकाले फोहर संकलन केन्द्र राख्ने बारे गरेको विवादीत निर्णय खारेज गर्न माग सहित स्थानीयले कार्यालयमा जेष्ठ २२ गतेदेखि ताला बन्दी गरेका हुन् ।

नगरपालिका ५ र ७ का स्थानीयले जनजीवनको स्वास्थ्य बारे ख्यालै नगरि मनोमानी रुपमा डम्पीगं साइड निर्माण गरिएको निर्णय खारेजीको माग सहीत कार्यालय बन्द गरिएको भरत विकले बताएका छन् । कार्यालयमा तालाबन्दी भएपछि कर्मचारी आउने र घर फर्किने काम गरिरहेका छन् । नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि ५ र ७ नम्बरको बीच भागलाई रोजेर निर्णय गर्न न्यायीक नभएको तालाबन्दी गर्नेहरुको भनाई रहेको छ । कार्यपालिकाले गरेको निर्णय सच्याउन ज्ञापन पत्र देखि अन्य छलफल गरिदा पनि बेवास्ता गरिएको र आफु अनुकुल ठेका दिएर जबरजस्त नगर प्रमुखले डम्पीग साइड निर्माण गरिएको नेकपाका नेता समेत रहेका स्थानीय भरत विकले बताएका छन् । वडा अध्यक्ष समेतले जनताको मागलाई ध्यान नदिएर नगर प्रमुखको नै आदेश मानेको र पैसाका लागि स्वार्थ राखेर जनतालाई पर्ने असरको बेवास्ता गरिएको उनीहुको आरोप रहेको छ । स्थानीयले कार्यालयमा तालाबन्दी गरेका छन्  भने दिनभर कोल्टीमा नारा जुलुसहीत विरोध गर्ने गरेका छन् ।

खोला नजिकै फोहर व्यवस्थान गरिँदा पानी अशुद्ध हुने, त्यही पानी बगेर कर्णाली नदीमा जाने हुदा सिंगो नदी नै दुर्गन्धीत हुने र वातावरण प्रदुषित हुने असन्तुष्ट पक्षहरुको भनाइ छ । पाँच दिन देखि तालाबन्दी जारीरहेपछि दैनिक कामकाज ठप्प बनेको छ . आर्थिक वर्षको अन्तमा आएर कार्यालयको सबै कामकाज ठप्प हँुदा सेवा ग्राही मर्कामा परेका छन् भने दैनिक कामकाज प्रभावित छन् ।

सिफारिस बनाउनकै लागि पनि पाँच दिन कुर्दापनि कार्यालय बन्द हँुदा बनाउन नसकेको जसी कडाराको गुनासो छ । कडारा जनता आवास अन्र्तगतको घर निर्माणको भुक्तानीका लागि सिफारिसका लागि पाँच दिन देखि कुरीरहेका छन् । तालाबन्दी गर्ने पक्षहरुले निर्णय फिर्ता नलिएसम्म तालाबन्दी जारी राख्ने बताएका छन् ।

नगरपालिकाले काम नै सुरु भईसकेकोले लगानी डुब्ने हुँदा त्यही स्थानमा निर्माण गर्ने बताएको छ । ठेक्का वितरण देखि विकास निर्माणका काममा समेत नगरपालिका विवादीत बन्दै आएको छ । जनप्रतिनिधीले नै आर्थिक लाभ देखाउने गरेका कारण जुनसुकै कार्यमा पनि विवाद हुने गरेको कर्मचारीहरुको दाबी छ । स्वयम कर्मचारीहले समेत जनप्रतिनिधीहरुलाई प्रभावमा राख्ने र आर्थिक लाभका लागि प्यारो बन्ने गरेकै कारण विवादीत हुने गरेको सर्वसाधारणको भनाई छ ।

नगरपालिकाले ताला खुलाउन प्रयास जारी राखेको बताएको छ । प्रहरी लगाएरै भएपनि ताला खुलाउने गरी अन्तमा बल प्रयोग गर्ने मानसिकता बनाएको छ । पहिलो साता सबै प्रकारका सम्झौतालाई जिल्लामा पठाई सक्न’ पर्ने र भुक्तानीको समयमा कार्यालय बन्द हँुदा थुप्रो काममा बाधा पुग्ने नगरपालिकाले बताएको छ । वार्तामा बस्ने र छलफल गर्ने क्रम तीनदिन देखि चलिरहेको र कार्यालयमा ताला बन्दी रहेको उपप्रमुख सृष्टी रेग्मीले स्वीकार गरेकी छन् । आजै खुल्ने गरि सहमतिको नजिक पुगिसकेपनि भोलिसम्म भने कार्यालय खुलेर कामकाज सुचारु हुने रेग्मीको भनाई छ । तर बन्दकर्ताहरुले भने नगरपालिका मागप्रति संवेदनशिल नभएकोले खोल्न नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस