बैशाख २७, काठमाडौं । लायन्स क्लब इन्टरनेशनल को १०३ औ बर्ष पुग्दै गर्दा लायन्स क्लब अफ तार्केश्वर अन्तर्गत का क्लबहरुको नेतृत्व चयन कार्यक्रम सम्पन्न भएको छ ।
डिस्ट्रिक ३२५ बि १ को महिला नेतृत्व डिस्ट्रिक गबर्नर एम जे एफ लायन इन्दु लम्साल गबर्नर लाई अति सफल र बिश्वको न. १ डिस्ट्रिक बनाईन तार्केश्वर परिवार ले सहयोग र साथ दिने प्रतिबद्द्ता ब्यक्त गर्दै नेतृत्व चयन कार्यक्रम को आयोजना गरियो ।
लायन बर्ष २०१९ /२०२० को सुरुवात जुलाई १ देखी हुने भएता पनि बिधान अनुसार मे महिना को अन्तिम सम्म क्लब को नेतृत्व चयन गरी सक्नु पर्ने नियम छ । नया नेतृत्वमा एल सि के तार्केश्वर लायन हरि बहादुर कार्की, एल सि के तार्केश्वर पाचमाने लायन सुरेन्द्र राज तिमील्सिना, एल सि के तार्केश्वर धर्मस्थली लायन त्रैलोक्य लामिछाने, एल सि के तार्केश्वर बालाजु लायन महेश बस्नेत, एल सि के तार्केश्वर गोलढुङ्गा लायन श्याम कुमार बस्नेत, एल सि के तार्केश्वर कोप्स लायन सुशिल कुमार बस्नेत क्लब का प्रेसिडेन्ट भएका छन्र् | तार्केश्वर परिवार भित्र हाल १२ क्लब हरु रहेको छ ।
लायन्स क्लब अफ तार्केश्वरका सबै कार्यसमिती परिवर्तन गर तार्केश्वर नगर भित्र मुटु हस्पिटल र बृहत खाने पानी ट्यान्की को लागी प्रस्तावना र उपयुक्त स्थान खोजी लायन बर्ष २०१९ /२०२० मा गरिने जानकारी डिस्टृक पि आर ओ एम जे एफ लायन राजु चालिसे ले क्लबहरु लाई निर्देशन दिनु भएको छ ।