• २०८० मङ्सिर १६ गते शनिवार

सामाजिक सन्जालको दूरुपयोग गरी युवतीलाई व्ल्याकमेल गरी ठगी गर्ने व्यक्ति पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं । सामाजिक सन्जालको दुरुपयोग गरी फेसवुकमा विभिन्न उच्च पदमा रहेका अधिकृतहरुको फोटो राखी Fake account बनाई प्रयोग ठगि गर्ने केशबराज भट्टलाई आज पक्राउ गरेको छ ।

के।आई।सिंह गाउपालिका वडा नं। नं। ६ हाल का।जि। किर्तिपुर बस्ने उनि युवतीहरुलाई साथी बनाई आफु उच्च खानदानको व्यक्ति भई नेपाल सरकारको शाखा अधिकृत रहेको र विवाह गर्न चाहेको भनी विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भनि विश्वासमा पारी रकम समेत लिई ठगी गर्ने गरेको पाईएको हो । युवतीहरुको चरित्र हत्या गरी अलपत्र पारेको घटना सम्वन्धमा पिडितको महाशाखामा उजूरी पर्न आई उक्त कसुरमा संलग्न रहेका केशबराज भट्टको खोजतलास भैआएको थियो ।

उनलाई चैत २६ गते काठमाण्डौको गौशालामा फेला पारी पक्राउ गरी विद्युतिय कारोवार ऐन अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाण्डौ पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस