• २०८२ बैशाख १७ गते बुधवार

काठमाडौँ महानगरपालिकाले प्रधानमन्त्री दैवि उद्धार प्रकोप कोषमा दियो ४० लाख ३१ हजार ४ सय १३ रुपैँया

पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्रधानमन्त्री दैवि उद्धार प्रकोप कोषमा ४० लाख ३१ हजार ४ सय १३ रुपैँयाको हस्तान्तरण गरेको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हस्तान्तरण गर्नुभएको हो । वारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई महानगरपालिका नगरकार्यपालिकाको बैठकले २५ लाख सहयोग गर्ने निर्णय गरेको थियो । त्यस्तै जनप्रतिनिधि र कर्मचारीले पनि आफ्नो पारिश्रमिकवापतको एकदिनको तलब पीडितलाई सहयोग गर्ने पनि निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस