• २०७९ असोज ९ गते आइतवार

पिन्टुकुमार यादव घुस रकम लिइसकेको अवस्थामा थारू रिसोर्टबाट नियन्त्रणमा

पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, सप्तरी । नापी कार्यालय, सप्तरीअन्तर्गत १ नम्बर नापी टोली सप्तरीबाट साविक तरही गाविस वडा नं ३ हाल डाक्नेश्वरी नगरपालिका वडा नं. ३ को गाउँ ब्लकको जग्गा नापी गराइदिने प्रयोजनको लागि टोलीमा कार्यरत पिन्टुकुमार यादव घुसको रकम लिइसकेको अवस्थामा थारू रिसोर्टबाट पक्राउ परेका छन ।

कर्मचारीहरूबाट सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले २०७५ फाल्गुन मसान्तसम्म डोर हाजिरबाट जन्जिरदारको काम गर्नका लागि राखिएका पिन्टुकुमार यादवलाई सेवाग्राहीसँग रू. २६,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा राजविराज स्थित थारू रिसोर्टबाट नियन्त्रणमा लिईएको हो । उनलाई थप अनुसन्धान हुँदा उक्त कार्यमा संलग्न नापी कार्यालय, सप्तरी अन्तर्गत १ नम्बर नापी टोली प्रमुख, सर्वेक्षक उमाकान्त यादवको मिलोमतो मा भ्रष्टाचार भएको देखिएको हो । उनिहरुलाई जरिवाना र कैद सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस