• २०८० असोज ४ गते बिहिवार

आठौं राष्ट्रिय खेलकूद टेबुल टेनिस खेलको दाङमा उद्घाटन

पढ्न लाग्ने समय : २ मिनेट
  •  सागर थापा

चैत २७, दाङ ।  नेपाली खेलकुद क्षेत्रलाई राष्ट्र निर्माण , समृद्धी र राष्ट्रिय गौरबका रुपमा अघि बढाउनु पर्नै पुर्व खेलकुद मन्त्रि दलजित सेर्पालिले बताउनुभएको छ । आठौं राष्ट्रिय खेलकूदको टेबुलटेनिस खेल सहित सात वटा खेलहरुको दाङमा उद्घाटनगर्दै सेर्पालीले यस्तो बताउनुभएको हो । स्थापनाको बिभिन्न कालखण्डहरुमा राजनैतिक मार खेपेको राष्ट्रिय खेलकूद अब कुनैपनि हालतमा नरोकिने बताउनुभयो ।

“तपाई हाम्रो विचमा संस्का र बस्यो यो संस्कार अब अगाडि लैजानु पर्छ”सेर्पालिले बताउनुभयो । ५ नम्बर प्रदेशले राष्ट्रिय खेलकुदको आयोजना गर्न पाउनु आफैमा गर्वको बिषय भएको भन्दै मन्त्रि सेर्पालिले प्रदेश नं ५ मा निर्माण भएका खेलकूदका संरचनाहरुलाई तिनै तहको सरकारले स्वामित्व ग्रहण गर्नुपर्नैमा जोड दिनुभयो । प्रत्येक २÷२ बर्षमा आयोजना गरीनुपर्ने राष्ट्रिय खेलकूद प्रतियोगीता अब निरन्तर अघि बढ्ने मन्त्रि सेर्पालिले विश्वास व्यक्तगर्नुभयो । सरकारको निर्णयलाई कार्यान्वयन गर्नै सवालमा सारा नेपाली एक ढिक्का हुनुपर्नै मन्त्रि सेर्पालिको दावि छ । आठौं राष्ट्रिय खेलकूद को प्रदेश नं ५ अन्तर्गतका जिल्लाहरु रुपन्देही, बाँके, कपिलबस्तु, बर्दिया र दाङ गरी पाँच जिल्लाहरुमा विभिन्न खेलहरुका साथ निर्बाध उद्घाटन गरीएको छ ।

स्थापनाको बिभिन्न कालखण्डहरुमा राजनैतिक मार खेपेको राष्ट्रिय खेलकूद प्रदेश नं ५ अन्तर्गतका जिल्लाहरु रुपन्देही, बाँके, कपिलबस्तु, बर्दिया र दाङ गरी पाँच जिल्लाहरुमा विभिन्न खेलहरुका साथ निर्बाध उद्घाटन गरीएको छ । दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं १४ मा रहेको कभर्डहलमा आयोजीत कार्यक्रमलाई पुर्व युवा तथा खेलकूद मन्त्रि दलजीत सेर्पालीले पानसमा वत्तिबाली उद्घाटन गर्नुभएको हो । दाङ जिल्लामा चैत्र २७ गते देखी २०७६ बैसाख ११ गते सम्म चल्ने राष्ट्रिय प्रतियोगितामा भाग लिन सातै प्रदेश का खेलाडिहर सहित नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, शसस्त्र प्रहरी बल गरी दश वटा टीमले सहभागीता जनाएका छन् । आठौं राष्ट्रिय खेलमा सहभागिता जनाएको गैह्र आवासीय नेपाली (एनआरएन)को टीम भने दाङमा सहभागि नभएको आयोजक जिल्ला खेलकूद बिकास समितिले जनाएको छ । देशै भरी बाट दाङ जिल्लामा प्रतियोगितका लागि २५ सय खेलाडी सहित निर्णायक , पर्यवेक्षक , प्रतिनिधि सहित पाँच हजार जनाको सहभागिता रहेको छ ।

आठौ राष्ट्रय खेलकूद प्रतियोगीता जिल्लको तिनवटै ठूला शहरहरुमा आयोजना गरीने छ जस अनुसार महिला फूटबल र एथ्लेटिक्स र कराँते बेलझुण्डि रंगशाला तुलसिपुरमा , ब्याडमिन्टन, टेबुलटेनिस र बास्केटबल घोराहीमा र क्रिकेट महिला लमहीमा प्रतियोगिताहरु संचालन गरीनेछन् ।

प्रतिक्रिया दिनुहोस