चैत २७, काठमाडौं । आज विभिन्न समाचार माध्यमबाट प्रकाशित बालुवाटारस्थित सरकारी जग्गा हिनामिना प्रकरण ,नेकपा महासचिव पौडेल पनि संलग्न भन्ने शिर्षकको समाचारको खण्डनमा नेकपा महासचिव विष्णु पौडेलले विज्ञप्ती निकालेका छन । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललिताविनास परिसरमा सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको सम्बन्धि समाचार प्रकाशन भएको थियो ।
विज्ञप्तीमा लेखिएको छ :
आज २०७५ चैत २७ गते “नागरिक” दैनिकलगायत अन्य कतिपय सञ्चारमाध्यममा मेरो नाम जोडेर प्रकाशितरप्रसारित समाचारप्रति ध्यानाकर्षण भएको छ । जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी समाचार प्रकाशित/प्रसारित भएकोमा मलाई दुःख लागेको छ ।
२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु ।
“नागरिक” दैनिकलगायत अन्य कतिपय सञ्चारमाध्यममा प्रकाशितरप्रसारित यस प्रकारका समाचारबाट भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछु ।
विष्णुप्रसाद पौडेल
बुटवल – ८, रुपन्देही
मिति स्( २०७५ चैत २७ गते