• २०८० असोज १७ गते बुधवार

वैदेशिक रोजगार विभागमा घसु रकम सहित कर्मचारी समातिए

पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं । वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका २ कर्मचारी ६०००० घुस रकम सहित पक्राउ परेका छन ।

राप्ती प्लेसमेन्ट सर्भिस प्रा.लि. बसुन्धाराका संचालक रविन्द्र अधिकारी विरुद्ध वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौंमा विचाराधिन रहेको वैदेशिक रोजगार सम्वन्धी मुद्दालाई सहजीकरण गरिदिने भनि वैदेशिक रोजगार विभाग कार्यालयमा कार्यरत शाखा अधिकृत जगत वहादुर बोहरा र नायव सुव्वा रामकुमार फुयाँलले घुस रकम माग गरेको देखिन आएको हो ।

रविन्द्र अधिकारीवाट रु.६०,००० घुस रिसवतवापत लिएको अवस्थामा आयोगवाट खटिएको टोलिले घुस रिसवत वापतको रकमसहित ना.सु. रामकुमार फुयाँललाई पक्राउ गरी अनुसन्धान हुँदा वैदेशिक रोजगार विभागमा कार्यरत शाखा अधिकृत जगत वहादुर बोहराको समेत संलग्नता देखिएको हो । पक्राउ पछि अनुसन्धान हुँदा निजहरु दुबै जनाको सरसल्लाह र मिलेमतोमै सो घुसररिसवत लिएको सप्रमाण पुष्टि हुन आएको हो । उनिहरु विरुद्ध १२।२६ गते विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस