• २०८१ साउन ४ गते शुक्रवार

जनगणनामा एकरुपता हुनु पर्ने सरोकारवालाको सुझाव

पढ्न लाग्ने समय : २ मिनेट

चैत २७, सुर्खेत । ०६८ सालको तथ्याङक ,जनगणनामा गुणस्तरिया ,पारदर्शिता र एकरुपता नभएकोले दुई बर्ष पछि (२०७८)आउने राष्ट्रिय जनगणनामा तथ्याङक पारदर्शिता हुन जरुरी भएको कर्णाली प्रदेशका सरकोकारवालाहरुले सुझाव दिएका छन् ।

बुधबार वीरेन्द्रनगरमा राष्ट्रिय जनगणना २०७८ को तयारीको सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय, सुर्खेतको संयुक्त आयोजनामा‘‘मेरो जनगणना ,मेरो सहभागिता’’ भन्ने मुल नारा सहित प्रदेशस्तरिय अन्तक्रिया कार्यक्रममा उपस्थित सहभागिले यस्तो बताएका हुन । पहिलेको जस्तो एकहोुरो तथ्याङ्क नभई स्थानीय र प्रदेश सरकारलाई पनि जिम्मेवारि दिएर सुहाउने खालको तथ्याङ्क बनाउन आवश्यक हुने कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रि प्रकाश ज्वालाले बताउनुभयो ।

तथ्याङ्क,जनगणनाको निकै महत्व रहेको भन्दै ज्वालाले हिजो जस्तो हचुवाको जनगणना —जनगणना हुँदैन, देश संघियताको धारमा प्रवेश गरे पश्च्यात जनगणना प्रत्याभुत काम गर्न नसकिएर जिकज्याक गरेको बताउनुभयो । ‘उहाले केन्दिय स्तरमा मात्र नभई प्रदेश स्तरको तथ्याङक कार्यालयले नियमित डेटा स्थानीय सरकार सँग सहकार्य गरे भने काम गर्न सजिलो हुन सक्ने बताउनुभयो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रि दल रावलले ‘‘अर्थतन्त्रको जनगणना सहि रुपमा हुन र गरिब, पिछडियकालाई वेसी हुने खालाको डेटा तयारमा जुट्न आवाश्यक भएको बताउनुभयो ।‘तथ्याङक लिने मान्छे अलि प्रशिक्षित बताउन पर्छ उहाँले भन्नुभयो ।’

मध्यिपश्चिमाञ्चल विश्वविद्यालयका शिक्षक लक्ष्मण सिंहले १० बर्षसम्म जनगणनाको त्रुटि मात्र पढाएको बताउनुभयो । ‘‘सरकार जनगणनामा त्रुटि छ भन्छ, सच्याउन ध्यान दिँदैन ,’अहिले हामी तथ्याङ्क विहीन छौँ, उहाँले भन्नुभयो ।’’

प्रतिक्रिया दिनुहोस