चैत २७, काठमाडौं । आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भएपनि विभिन्न ५ खेलका प्रतिस्पर्धा आजदेखि शुरु हुँदैछ ।
खेलको उद्घाटन र समापन दुवै प्रदेश ५ को नेपालगञ्ज रंगशालामा हुने यसआठौं राष्ट्रिय खेलकुद दुई वर्षको अन्तरालमा पहिलोपटक पहिलो, दोस्रो र तेस्रो संस्करणबाहेक राष्ट्रिय खेलकुद हुन लागेको हो ।
आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । वृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलोपटक समावेश गरिएको छ ।
आठौं राष्ट्रिय खेलकुदमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुनेछन् । ३ सय ७२ स्वर्ण, त्यत्ति नै रजत र ५ सय ६३ कांस्यका लागि भिडन्त हुने छ ।